हिजो ३ सयले घटेको सुनको मूल्य आज १३ सयले बढ्यो, चाँदी कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य फेरी भारीले वृद्धि भएको छ । हिजो मंगलबार प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १३०० रुपैयाँ बढेको हो । 

यो सँगै आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १०  रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया