काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । हिजो आइतबार प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँ बढेको हो ।
यो सँगै आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया