नयाँ वर्ष लागेको २ दिनमै एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - नयाँ वर्ष लागे सँगै नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नयाँ वर्ष लागेपछि २ दिनमा सुनको मूल्य १००० ले बढेको हो । 

बैशाख २ गते अर्थात नयाँ वर्षको दोस्रो दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको थियो । त्यस्तै बैशाख ३ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढेको थियो । यो सँगै उक्त दुई दिनमा १०० रुपैयाँले सुनको मूल्य बढेको हो । 

अहिले प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको भने १३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया