फेरी बढ्यो खाने तेलको मूल्य, प्रतिलिटर २५०

४ बर्ष अगाडि

काठमाडौं - खाने तेलको मूल्य फेरि बढेको छ । खुद्रा व्यापार संघका अनुसार खाने तेलको मूल्य लिटरमै १० देखि १५ रुपैयाँ बढेको हो ।

केही दिन अघि प्रतिलिटर २३५ देखि २४० रुपैयाँ रहेको सनफ्‌लावर तेलको मूल्य २५० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ । 

यसअघि लिटरको २१५ देखि २२० रुपैयाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३० सम्म पुगेको छ । संघका अनुसार तोरीको तेलमा पनि ब्रान्ड अनुसार १० देखि १५ रुपैयाँ बढेको छ।

केही समय अघिदेखि खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि हुँदै आएको छ । यस अघि तेलको अस्वभाविक मूल्य वृद्धि बारे उपभोक्ताहित संरक्षण विभागले अनुगमन गरेको थियो ।

विभागले तेलको अस्वभाविक मूल्य वृद्धि गर्ने केही व्यापारी तथा उद्योगीलाई जरिवाना समेत गरेको थियो । त्यसपछि केही समय बजारमा तेलको मूल्य घटेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया