काठमाडौं - सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत उक्त वस्तुको कोटा विरतण स्थगित गरेका जानकारी दिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित यस्ता वस्तुको आयात खुलाउने सूचना गत चैत ९ गते राजपत्रमा निकालेको थियो ।
सीमित कोटामा माग बढी भएकाले दबाब थेग्न नसकेर स्थगित गर्नुपरेको विभाग सम्बद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार सम्बद्ध मन्त्रालय र व्यापारीको दुईतर्फी दबाबका कारण विभागले कोटा वितरण स्थगित गरेको हो ।
सरकारले गतवर्ष चैत तेस्रो साता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्ले गत फागुन २५ गते परिमाणात्मक बन्देजसहित आयात खुलाउने निर्णय गरेको थियो ।
आयात खुलाइएकामध्ये सुपारीको कोटा सबैभन्दा बढी विवादित बनेको छ । आर्थिक चलखेलमा पाँचओटा व्यापारिक घरानालाई मात्रै कोटा दिइएको आरोप लागेको छ ।
विभागले सुपारीको कोटा बाँडिसकेको छ । केही परिमाणमा केराउको पनि कोटा वितरण भइसकेको छ । कोटा पाएका व्यापारीले आयातका लागि प्रतीतपत्र ९एलसी० खोलिसकेका छन् ।
मन्त्रालयले चैत ९ गते आयात खुलाइएको सूचना निकालेको थियो । त्यसको भोलिपल्टै चैत १० गते सुपारीको कोटा वितरण गरिएको थियो ।
तर, विभागले चैत १६ गते ८५ निवेदनबाट २ लाख २७ हजार २७० मेट्रिकटन ९मेट० सुपारी आयातको माग भएको भन्दै कागजात पुर्याउन सूचना निकालेको थियो ।
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि २५ हजार मेट सुपारी, ८० हजार मेट केराउ, छोकडा ५ हजार मेट र मरीच १५ हजार मेट कोटा निर्धारण गरेको छ ।
प्रतिक्रिया