नयाँ वर्ष लागे सँगै नेपाली बजारमा उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज नयाँ वर्षको दोस्रो दिन बैशाख २ गते बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत २०७७ चैत्र ३१ गते मंगलबार प्रतितोला ८९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँ बढेको छ । 

यो सँगै आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत मंगलबार १२ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया