काठमाडौं - चालु आर्थिक वर्षको फागुन महिनामा उपभोक्ता मुल्य वृद्धि भएकोे छ । यो अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षको माघ महिनामा बार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७० प्रतिशत थियो । गत आर्थिक वर्षको यहि अवधिमा मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो ।
चालु आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।
गत वर्र्षको फागुन महिनाको तुलनामा यो वर्षको फागुन महिनामा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया