नेपाली सेनाले ऐतिहासिक त्रिचन्द्र अस्पताललाई ब्यापार केन्द्रको रुपमा ठेकेदार कम्पनीलाई सुम्पेको छ । काठमडौंको महांकालमा रहेको पुरानो सैनिक अस्पताल भत्काएर बनाएको भवन ब्यापारिक प्रयोजनका लागि श्रीजयन्ती निर्माण सेवा नामक कम्पनिलाई सेनाले १५ वर्षका लागि भाडामा दिएको हो ।
सेनाले उच्च राजनीतिक पहुँच भएका खगेन्द्र बुढा मगरद्वारा सञ्चालित श्रीजयन्तीलाई मासिक ४ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ तिने गरि श्रीजयन्ती समुहलाई यो भवन ठेक्कामा दिइएको हो ।
कुल क्षेत्रफल तीन लाख ३० हजार वर्गफिट रहेकोमा ८५ हजार वर्गफिट भवनको भाग भाडामा लगाएको भएपनि श्रीजयन्तीले पूरै अस्पताललाई नै ट्रेड सेन्टरको रुपमा परिणत गरि बुकिङ्ग खुल्ला गरेको छ ।
महांकालको यो भवन निर्माण तथा अस्पताल पुनः सञ्चालनमा ल्याउनका लागि एक अर्ब ६० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर अस्पताल सञ्चालन नगरी राज्यको डेढ अर्बभन्दा बढी सकिएको छ ।
प्रतिक्रिया