नेपाली बाजारमा फेरी उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा आज आइतबार सुनको मूल्य उकालो लागेको छ । पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य हिजो भने घटेको थियो । 

तर आज फेरि उकालो लागेको छ । हिजो ८९ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज १०० ले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार १५० रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।  हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्यमा कारोकार हुने महासङ्घले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया