काठमाडौं - नेपाली बजारमा आज आइतबार सुनको मूल्य उकालो घटेको छ । पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मूल्य आज भने घटेको हो ।
शुक्रबार ८९ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज ४०० ले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया