एक सातामा २५ सयले बढ्यो सुनको मुल्य, गत साता प्रतितोलाको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं-  नेपालीमा बजारमा एक सातामा सुनको मुल्य तोलामा २५ सय रुपैयाले बढेको छ ।

अघिल्लो साताको शुक्रबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको  सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २ हजार ५ यस रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
 
यस्तै, अघिल्लो साताको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा २ हजार ५ यस रुपैयाँले बढेर ८९ हजार ४ सय ५० कायम भएको छ । 

त्यस्तै, गएको शुक्रबार तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सय साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासघंले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया