काठमाडौं- नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मुल्य उकालो लागेको छ ।
पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मुल्य शुक्रबार पनि तोलामा ९०० रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८९ हजार रहेको थियो ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।
प्रतिक्रिया