बिहीबार तोलामा एक हजारले बढ्यो सुनको मुल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौ- बिहीबार नेपाली बजारमा तोलामा एक हजार बढेको छ ।

हिजो प्रतितोलामा ८८ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजारले बढेर ८९  हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै,चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया