फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति ?

४ बर्ष अगाडि

काठमाडौं - पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल  निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । 

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको छ । त्यस अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम भएको छ । 
 
निगमले  खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया