नेपाली बजारमा आज सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ८७ हजार ४०० रुपैयाँमा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

तेजाबी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।
 
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया