कठमाडौं - सुपारी आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय आयातको माग उच्च भएको छ ।
आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो ।
परिमाणमा कोटा तोकिएभन्दा १५ गुणा वस्तु आयातको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।
विभागको बुधबार साँझको तथ्याङ्कअनुसार सुपारीमा ९ गुण बढि आवेदन परेको छ । सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न सकिने गरी प्रतिबन्ध हटाएको हो ।
लामो समयपछि सुपारीको आयातमा लगाइएको प्रतिबन्ध हटाएपछि उक्त वस्तुको आयातमा व्यवसायीको माग धेरै आएको विभागले जनाएको छ । विभागका अनुसार बुधबार साँझसम्म सुपारी आयातका लागि ७५ वटा निवेदनबाट दुुई लाख २७ हजार २७० मेट्रिक टनको माग आएको छ ।
उक्त वस्तु पैठारीकर्ताबाट माग भएको वस्तु तोेकिएको समयमा आयात हुने निश्चित गर्न आवश्यक कागजात संलग्न नै नगरी निवेदनमा माग गरेको परिमाण मात्र उल्लेख गरी निवेदन आएको विभागले जनाएको छ ।
प्रतिक्रिया