उत्कृष्ट १५ करदाता सम्मानित, को-को परे ?

४ बर्ष अगाडि

काठमाडौं - सरकारले यो वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । 

आन्तरिक राजस्व विभागले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले नवौं राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी १५ विधामा कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सूर्य नेपाल यसअघिका आर्थिक वर्षहरुमा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको थियो ।

आज राजधानीमा आयोजित कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले सूर्य नेपालका सञ्चालक रवी केसीलाई सम्मान गरेका हुन् । व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा व्यवसायी विजय कुमार शाह सम्मानित भएका छन् । 

हिमालयज डिष्टिलरीका सञ्चालक समेत रहेका शाह दोस्रो पटक सम्मानित भएका हुन् । निर्यात कर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमध्ये हिमाल पावर लिमिटेड, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज, र नबिल बैंक सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएका छन् । 

बढी आयकर तिर्नेमा बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवामध्ये मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि र पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल लिमिटेड सम्मानित भएको छ ।

विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा आइएमई लिमिटेड, व्याापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेटेड प्रालि,  कामना सेवा विकास बैंक लिमिटेड र भि।एफ सर्भिसेस ९मोरिसस० प्रालि रहेको छ ।

साथै मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उत्कृष्ट कर सहभागिता भएको करदतामध्ये घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली सम्मानित भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया