बिहीबार ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ ।

हिजो प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ८६ हजार ५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि बढेर आज प्रतितोला १२ सय १० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य ११ सय ९५ रुपैंया रहेको थियो । जुन हिजोको तुलनामा तोलामा १५ रुपैंयाले बढी हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया