ग्यासको मूल्य घट्यो भारतमा, के होला नेपालमा ?

४ बर्ष अगाडि

एजेन्सी - भारतमा खाना पकाउने एलपीजी ग्यासको मूल्य घटेको छ । आजबाट लागू हुने गरी इन्डियन आयल लिमिटेडले एलपीजी ग्यासको मूल्य प्रति सिलिन्डर १० रुपैयाँले घटाएको हो ।

अहिले ग्यासको मूल्य दिल्लीमा ८ सय १९, कोलकातामा ८ सय ४५ रुपैयाँ ५० पैसा, मुम्बईमा ८ सय १९, चेन्नईमा ८ सय ३५ भारतीय रुपैयाँ पर्छ । अप्रिल १ देखि यो मूल्यमा १० रुपैयाँ घट्ने छ ।

भारतमा २०२१ को फ्रेब्रुअरी महिनामा एलपीजी ग्यासको मूल्य तीनपटक बढेको थियो । पटक–पटक गरेर यस अवधिमा ग्यासको मूल्य प्रति सिलिन्डर १ सय ५० भारतीय रुपैयाँले बढेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतमा ग्यासको मूल्य घटेसँगै नेपालमा पनि मूल्य घट्नसक्ने सम्भावना बढेको छ । एक महिना अघि नेपालमा पनि एलपीजी ग्यासको मूल्य बढेको थियो । यद्यपि लकडाउनको समयमा पेट्रोलियाम पदार्थको मूल्यमा भारी गिरावट आउँदा पनि नेपालमा भने खासै घटेको थिएन ।

४ बर्ष अगाडि

प्रतिक्रिया