काठमाडौं- आज पनि नेपाली बजार सुनचाँदी मुल्य ओरालो लागेको छ ।
हिजो प्रतितोला ८६ हजार रुपैैयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ४०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य भने आज तोलाको ८५ हजार १५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला ११ सय ९५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय १५ रुपैंयामा कारोबार भएको थियो ।
प्रतिक्रिया