काठमाडौं, चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा विभिन्न देशहरुबाट साढे रू ६ करोड भन्दा बढीको सुनका गरगहना आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म नेपालमा रु ६ करोड ७३ लाख बराबरका सुनका गरगहना भित्रिएका छन् । विभागको फागुन सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
नेपालमा सोही अवधीसम्म विभिन्न देशहरुबाट सो रकम बराबरको १६ हजार ५२१ ग्राम सुन भित्रिएको छ ।
तथ्याङ्क अनुसार नेपालमा संयुक्त अरब अमीरातबाट सबैभन्दा बढी ७ हजार ५३२ ग्राम बराबरको रु २ करोड ८५ लाखका गरगहना आयात भएको छ । यस्तै कतारबाट मात्र ८ महिनामा ५ हजार १४९ ग्राम बराबरको रु १ करोड ९६ लाख बराबरको सुनका गरगहना भित्रिएका छन् । यसैगरी साउदी अरबबाट १ हजार ३६६ ग्राम बराबरको रु ४४ लाख ५४ हजार बराबरको सुनका गरगहना भित्रिएको हो ।
नेपालको सुनचाँदी बजारका विश्वमा कुनै पनि डिजाइनको गरगहना बनाउन योग्य रहे पनि सुनका गरगहनाको आयात पनि भइरहेको छ । जसले गर्दा देशबाट भारी मात्र विभिन्न देशहरुमा नेपाली रकम बाहिरी रहेको छ ।
कुन देशबाट कति सुनका गरगहना भित्रिए ?
प्रतिक्रिया