मंगलबार ओरालो लाग्यो सुनचाँदीको मुल्य,कतिमा हुदैंछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ । 
 
हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८६ हजारमा कारोबार हुने सुनचादी व्यवसाय महासंघले जनाएको छ । 
 
तेजावी सुनको मुल्य आज ८५ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्यमा पनि गिरावट आएर प्रतितोला १२ सय १५ रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय २५ रुपैंया रहेको थियो । आज चाँदीको मुल्य तोलामा १० रुपैंयाले घटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया