नेपाली बजारमा यस साता सुनको मूल्य यात्रा ओरालो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा यस साता सुनको मूल्य यात्रा ओरालो लागेको छ । 

अघिल्लो साताको शुक्रबार तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४ सय रुपैयाँले घटेको हो । 

शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, अघिल्लो साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

यस साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ४ सय रुपैयाँले घटेको छ ।  शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया