काठमाडौें- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
आज नेपाली बजारमा सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको छ । हिजो प्रतितोला ८६ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ८६ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य आज ८५ हजार ८५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य भने यथावत रही प्रतितोला १२ सय ३० रुपैंंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया