सुन आयात कोटा बढाउदै राष्ट्र बैंक, दैनिक १५ किलो भित्रने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएर १५ किलोसम्म बनाउने भएको छ । हाल दैनिक १० किलोको आयात कोटालाई बढाएर १५ बनाउन लागेको हो ।

व्यसायीहरुले सरकार तथा सरकारी निकायहरुमा सुन आयात कोटा बढाउने माग राख्दै आउन थालेपछि केन्द्रीय बैंक सकारात्मक भएको हो । 

केही दिन अघि मात्र पनि व्यवसायीहरुले सुन आयात कोटा बढाउन अनुरोध गर्दै केन्द्रीय बैंकसम्म पनि पुगेका थिए ।

सरकारले कोरोनाका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको व्यवसायीहरु बताउँदै आएका छन् । 

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । तर, कोरोनाका कारण सुरु भएको लकडाउनपछि सुन आयत कोटा घटाइ १० किलो प्रतिदिनमा सिमित भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया