८ महिनामा नै भयो १ वर्षको भन्दा धेरै चिया निर्यात, ६२.७ प्रतिशत वृद्धि

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा ३ अर्ब २१ लाख बढि रुपैयाँको चिया निर्यात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्कका अनुसार चालु आवको फागुन महिना सम्ममा नेपालबाट ३ अर्ब २१ लाख ८८ हजार रुपैयाँ बराबरको ९५ लाख २७ हजार २५४ केजी चिया विभिन्न देशहरूमा निर्यात भएको छ । 

गत वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड २४ लाख ३१ हजार रुपैयाँ बराबरको ७६ लाख ८२ हजार ९११ केजी चिया निर्यात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष चिया निर्यातमा ६२.०७ प्रतिशतले बढेको हो ।
 
साथै गत आर्थिक वर्षमा २ अर्ब ७८ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको चिया नेपालबाट विभिन्न देशमा निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ । 

चालु आर्थिक वर्षको ८ महिनामा नै गत आर्थिक वर्षको भन्दा धेरै चिया निर्यात भएको तथ्याङ्कले देखाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया