८६.१ प्रतिशतले घट्यो सिमेन्ट क्लिङ्कर आयात

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा सिमेन्ट क्लिङ्करको आयात ८६.१ प्रतिशतले घटेको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

चालु आर्थिक वर्षको फागुन महिना सम्ममा नेपालमा विभिन्न देशहरूबाट ३२ करोड ३५ लाख ३५ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ३२ करोड २९ लाख ८ हजार रुपैयाँ बराबरको आयात भएको थियो । 

त्यस्तै गत अर्थिक वर्षमा ४ अर्ब ४१ करोड ४३ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।   

४ बर्ष अगाडि

प्रतिक्रिया