तोलामा २०० ले बढ्यो सुनको मुल्य,तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मुल्य तोलामा २०० रुपैंयाले बढेको छ । 

हिजो प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य ८६ हजार ४५० रुपैंयामा कारोबार हुने भएको छ ।

यस्तै,चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेको छ । हिजो नेपाली बजारमा प्रतितोला १२ सय ४० रुपैंया रहेको चाँदी मुल्य आज प्रतितोला १२ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया