औषधी आयात घट्दा १९ अर्ब १६ करोड रुपैयाँ बढिको भित्रियो, गत वर्ष कति ?

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न देशहरूबाट नेपालमा १९ अर्ब १६ करोड बढिको औषधि आयात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्कको अनुसार समीक्षा अवधिमा १९ अर्ब १६ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको औषधि आयात भएको छ । गत वर्षको सोही अवधिमा २० अर्ब ५२ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको औषधि आयात भएको थियो । गत वर्षको तुलनामा यो वर्ष औषधि आयात ६.६ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षमा २८ अर्ब १८ करोड २५ लाख १८ हजार रुपैयाँ बराबरको औषधि आयात भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया