काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा ६६ करोड ८१ लाख बढिको जुत्ता चप्पल निर्यात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको छ ।
तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यो वर्ष जुत्ता चप्पल निर्यातमा ७.५० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको फागुन महिना सम्ममा नेपालबाट विभिन्न देशहरूमा ६६ करोड ८१ लाख १२ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ७२ करोड २२ लाख ९२ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
त्यस्तै गत आर्थिक वर्षमा भने ७८ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया