काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा ३ करोड २२ लाख बढिको पत्रपत्रिका निर्यात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार समीक्षा अवधिमा ३ करोड २२ लाख ३ हजार रुपैयाँ बराबरको ५८ हजार ५४० केजी र ३ हजार ४०८ पिस पत्रपत्रिका नेपालबाट विभिन्न देशमा निर्यात भएको छ ।
उक्त पत्रपत्रिका अमेरिका, हङकङ, मलेसिया, रसिया, दुबाई, जर्मनी, ताइवान, चाइना लगायतका देशहरूमा निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया