काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
हिजो नेपाली बजारमा प्रतितोला ८६ हजार ७०० रुपैैंयामा कारोबार भएको सुनको मुल्य बुधबार यथावत रहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले घटेर प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १२ सय ५० रुपैंया रहेको थियो ।
प्रतिक्रिया