मंगलबार तोलामा ३०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं । आज पनि  नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लागेको छ ।
 

सोमबार प्रतितोला ८७ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य मंगलबार तोलामा ३०० रुपैंयाले घटेर प्रतितोला ८६ हजार ७०० रुपैंयामा  कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार २५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि १० रुपैंयाले ओरालो लागेर १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १२ सय ६० रुपैंया रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया