काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा १८ करोड ९४ लाख बढिको सुनका गरगहना निर्यात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार नेपालबाट अष्ट्रेलिया, अमेरिका र हङकङमा सुनका गरगहनाहरू निर्यात भएको छ । विशेष गरि नेपालीहरू यस देशहरूमा गएर बसोबास गरेका कारण नेपालबाट उक्त ठाउँमा सुनका गरगहना निर्यात भएको पाइन्छ ।
चालु आर्थिक वर्षको फागुन महिना सम्ममा अष्ट्रेलिया, अमेरिका र हङकङमा १८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको १६ केजी सुनको गरगहना निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया