नेपालमा टोपी समेत आयातः ८ महिनामा कतिको भित्रियो ?

४ बर्ष अगाडि

काठमाडौं –  भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा टोपी समेत आयात हुने गरेको देखिएको छ । पछिल्लो समय नेपालमा गार्मेन्ट उद्योग बढ्दै गएका छन् । तर, टोपी जस्तो सामान्य बस्तु पनि नेपालमा आयात हुने गरेको छ । 

चालु आर्थिक वर्षको आठ महिनामा मात्र नेपालमा रु २२ करोड ४५ लाख ७० हजार बराबरको टोपी भित्रिएको छ ।  उक्त रकम बराबरको ४९ लाख ६५ हजार ९ सय ६४ टोपी आठ महिनामा नेपाल भित्रिएको विभागको तथ्यांकले देखाएको हो । हाल नेपालमा विदेशी मुलुकहरुबाट विभिन्न डिजाइनका टोपीहरु भित्रिने गरेका छन् ।

यस्तै, कुल आयात मध्ये रु ३६ लाख १६ हजार बराबरको १३ हजार २ सय ६५ सन क्याप (छाते टोपी) मात्र आयात भएको छ  भने रु। २२ करोड, १२ लाख ५४ हजार बराबरको ४९ लाख ५२ हजार ७२१ ओटा अन्य प्रकारका टोपी आयात भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया