काठमाडौं - चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा १५ करोड ५३ लाख बढिको चाँदीका गरगहना निर्यात भएको छ । भन्सार विभागको फागुन सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्क अनुसार नेपालबाट अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, जर्मन हङकङ, इटाली, जापान, नेदरल्याण्डस्, पोर्चुगल, सिंगापुर, ताइवान, बेलायत, रसिया लगायतका देशहरूमा चाँदीका गरगहनाहरू निर्यात भएको छ ।
उक्त देशहरूमा चालु आर्थिक वर्षको फागुन महिना सम्ममा १५ करोड ५३ लाख ५० हजार रुपैयाँ बराबरको ४१२ केजी चाँदीको गरगहना निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया