काठमाडौं – चालु आर्थिक बर्षको ८ महिनामा नेपालमा २ हजार ३०० केजी सुन भित्रिएको छ ।
गएकाे साउनदेखि फागुनसम्म टर्की र युएईबाट सो सुन नेपाल भित्रिएको हो ।
भन्सार बिभागको तथ्याङ्क अनुसार ८ महिनामा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजारको सुन आयात भएको छ ।
यस्तै, याे अवधीमा २२ हजार ५०० केजी चाँदी आयात भएको छ ।
रकमका आधारमा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँको चाँदी आयात भएको छ ।
प्रतिक्रिया