सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं-  सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । 

आज सुनको मुल्य तोलामा २०० रुपैैंयाले घटेर प्रतितोला ८७ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८७ हजार २०० रुपैंया रहेको थियो । 

यस्तै,आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रुपैंया रहेको छ ।

यसैगरी, चाँदीको मुुल्य पनि तोलामा २० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया