सरकारले यातायात व्यवसायीको मर्का बुझेन !

४ बर्ष अगाडि

काठमाडौं - वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले वर्तमान सरकारले निजी क्षेत्रको लगानीमा सञ्चालित यातायात व्यवसायीको माग सम्बोधन गर्न नसकेको बताएका छन् । 

शनिबार हेटौँडामा आयोजित पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी सङ्घ हेटौँडाको तेस्रो वार्षिक साधारणसभामा नेता बानियाँले सरकारले यातायात व्यवसायीको मर्का नबुझेको बताए । 

रोडपरमिट, तौलपुल, भाडादर र सवारी साधनमा प्रयोग हुने पाट्र्सका विषयमा सरकारले व्यवसायीको मर्का नबुझेको नेता बानियाँले बताए । 

उनले वर्षैपच्छिे तिरिनुपर्ने राजश्व पाँच÷पाँच वर्षमा तिर्नुपर्ने प्रावधानको व्यवस्था गरी व्यवसायीलाई सहज बनाउनुपर्ने विचार व्यक्त गरे । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया