काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावीको सुनको मुल्य आज प्रतितोला ८६ हजार ७५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयामा बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया