काठमाडौं - चालु आर्थिक वर्षको माघ महिना सम्ममा विभिन्न देशहरूबाट नेपालमा २४ अर्ब ६ करोड रुपैयाँ बराबरको मोबाइल टेलिफोन आयात भएको छ । अर्थ मन्त्रालयको अर्थ बुलेटिनको माघ महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष मोबाइल टेलिफोन आयातमा ८४.७ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष १३ अर्ब ३ करोड रुपैयाँ बराबरको मात्र मोबाइल टेलिफोनको आयात भएको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया