एक हजार ढुवानीकर्तामाथि कारवाही

४ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको चोरी तस्करी गर्ने तथा इन्धन अपचलन गर्ने झण्डै एक हजार ट्रक तथा ट्याङ्करमाथि कारवाही गरेको छ । 

निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको भेटिएपछि ती ट्रक तथा ट्याङ्कर कारवाहीमा परेका हुन् । 

फल्स च्याम्बर बनाउने, मिसावट गर्ने, तोकिएको परिणामभन्दा बढी क्षति पु¥याउने तथा ढुवानी विनियमावलीविपरीत काम गर्ने ट्रक तथा ट्याङ्करमाथि कारवाही गरिएको निगमले जनाएको छ । 

निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारबाही अगाडि बढाइएको छ । 

ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ ।

प्रदेश नं २  प्रादेशिक कार्यालय अमलेखगन्जले पनि १५० वटा ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानी कार्यमा निलम्बन गरिएको छ । 

कार्यालयले पाँच चालक÷सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनको क्रममा पेट्रोलियम पदार्थ मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्याङ्करलाई छ महिनाको निलम्बन गरिएको छ । 

यसैगरी निगमको प्रादेशिक कार्यालय थानकोटले सोही अवधिमा ३०० बढी ट्रक तथा ट्याङ्करमाथि कारवाही गरेको छ । प्रत्येक ट्याङ्करलाई रु १० हजार जरिवाना गरिएको छ । 

दुई ट्याङ्करलाई थप अनुसन्धानका लागि अनुसन्धान ब्यूरोलाई लेखी पठाइएको छ । इन्धन अपचलन मुद्दामा ढुवानीकर्तासँगै निगमका कर्मचारी पनि कारवाहीको दयरामा आएका छन् । निगमको वीरगञ्जस्थित कार्यालयका एक कर्मचारीमाथि पनि कारबाही प्रक्रिया चलाइएको छ । 

निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको निगमको भनाइ छ । निगमको यो कदमले गैरकानूनी काम गर्ने निरुत्साहित हुने अपेक्षा गरिएको छ । 

अनियमित गर्ने ट्याङ्करमाथि कारवाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया