काठमाडौं – चालु आर्थिक वर्षको माघ महिना सम्ममा १७ हजार भन्दा बढी नयाँ कम्पनी दर्ता भएको छन् । अर्थ मन्त्रालयको माघ महिनासम्मको अर्थ बुलेटिनको तथ्याङ्कले यस्तो देखाएको हो ।
तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा १७ हजार ६ सय ४१ नयाँ कम्पनी दर्ता भएको छन् । गत आर्थिक वर्षको सोही अवधिमा १५ हजार ९७ नयाँ कम्पनी दर्ता भएको थियो ।
गत वर्षको तुलनामा यो वर्ष नयाँ कम्पनी दर्ताको संख्या १३.८५ प्रतिशतले वृद्धि भएको छ ।
कोरोना महामारीको बिचमा पनि चालु आर्थिक वर्षको माघ महिना सम्ममा ४ वर्ष यताकै सबभन्दा धेरै नयाँ कम्पनी दर्ता भएको अर्थ मन्त्रालयको अर्थ बुलेटिनको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया