काठमाडौं– भटमासको तेल निर्यातमा वृद्धि आएको छ ।
गत आवको तुलनामा चालु आवमा तेल निर्यात बढेको भन्सार विभागले जनाएको छ ।
गत आवको माघ मसान्त सम्म ५ अर्ब ९४ करोड मूल्यको तेल निर्यात भएकोमा चालु आवमा सोही अवधिमा १९ अर्ब ५९ करोड बराबरको तेल निर्यात गरेको हो । यो गत आव भन्दा २२९.५ प्रतिशतले बढि हो ।
कुल निर्यात परिणाम मध्ये भारत र चिनमा मात्र ७१.४ प्रतिशत निर्यात भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया