काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।
हिजो प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य आज नेपाली बजारमा ८६ हजार ७५० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
हिजो चाँदीको मूल्य १२ सय ७० रहेको थियो ।
प्रतिक्रिया