काठमाडौें - नेपाल राष्ट्र बैंकले सुन आयत कोटा बढाउने भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरु सँग बुधबार भएको भेटका क्रममा राष्ट्र बैंकका बरिष्ट डेपुटी गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनाले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएकी हुन् ।
उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताइन् ।
सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधमिण्डलसँगको भेटका क्रममा अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै माग र आपूर्तिको बीचमा सन्तुलन ल्याउन आपूर्ति बढाउन राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पछिलल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।
प्रतिक्रिया