काठमाडौं - इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
नेपाल आयल निमगले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै यहाँ पनि पेट्रोल, डिजेल मटितेल, र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको जनाएको छ ।
निगमकाका अनुसार नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको हो । मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ११८, डिजेल १०१ र मटितेल १०१ रुपैयाँ र हवाई इन्धन आन्तरिकको प्रतिलिटर ७४ रुपैयाँ पर्नेछ ।
हवाई इन्धन (अन्तर्राष्ट्रिय) र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।
प्रतिक्रिया