बेलायतबाट रु. १६ करोड बराबरको लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

४ बर्ष अगाडि

काठमाडौं- बेलायतबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालामा रु. १६ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । सो प्रतिबद्धताबाट ४ परियोजना सञ्चालन गर्न सकिनेछ जसले ५६ जना व्यक्तिले रोजगारीको अवसर पाउने उद्योग विभागको तथ्यांकले देखाएको छ । 

चालु आवको ८ महिनामा बेलायत देखि निर्माण क्षेत्रमा रु ६ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । उक्त क्षेत्रमा आएको प्रतिबद्धतामा २ परियोजना छन् जसको कुल खर्च रु १० करोड बराबर रहेको छ । उक्त परियोजना सञ्चालन भएमा १९ जना व्यक्तिले रोजगारीको अवसर पाउने छन् ।

यस्तै, बेलायतबाट नेपालको पर्यटन क्षेत्रमा रु १० करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । उक्त प्रतिबद्धताबाट २ परियोजना सञ्चालन गर्न सकिन्छ । उक्त परियोजना सञ्चालन गर्दा ३७ जना व्यक्तिले रोजगारीको अवसर पाउने विभागको तथ्यांकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया