भक्तपुरको सूर्यविनायकमा ३२ करोड लागतमा तरकारी बजार सञ्चालनमा ल्याइएको छ । बजार व्यवस्थापन समितिले नेपालकै ठूलो तरकारी बजार भएको दाबी गरेको यो बजार फागुन अन्तिम हप्ताबाट सञ्चालनमा आएको हो ।
सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईँका अनुसार अहिले अनौपचारिक रुपमा सुरु भएको बजार बैशाखमा कृषिमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले तरकारी बजार मात्रै सञ्चालनमा ल्याइएको र सम्पूर्ण तयारी सकिएपछि माछामासु र फलफूल बजार पनि रहने छ ।
हरेक दिन बिहान २ बजेदेखि राती ८ बजेसम्म खुल्ला रहने बजारभित्र ७५० स्टलहरू छन् ।
यो बजारभित्र पस्न र बाहिर निस्कन छुट्टाछुट्टै गेटको प्रबन्ध गरिएको छ । जाम नहोस् भन्ने उद्देश्यले बजारभित्र छिर्ने र बाहिर निस्कने छुट्टाछुट्टै बाटो कायम गरिएको बजार व्यवस्थापन समितिले जनाएको छ । बजारभित्र पर्याप्त पार्किङको व्यवस्था मिलाइएको छ ।
समितिले १५ वर्षका लागि जग्गा भाडामा लिएको छ ।
प्रतिक्रिया