एक लाख बढिको अबैध चिनी बरामद

४ बर्ष अगाडि

काठमाडौं - धनगढी उपमहानगरपालिका–१९ खेदाबाट रु एक लाखभन्दा बढीका भन्सार छलीका सामान प्रहरीले आइतबार बरामद गरेको छ ।

भन्सार छली ल्याइरहेको अवस्थामा ३० बोरा चिनी, मोबिल र प्लाष्टिकको डोरी गरी रु एक लाख सात हजार १०० बराबरका सामान बरामद गरिएको प्रनाउ विष्टले जानकारी दिए । 

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया